|

काठमाडौं : साझा पार्टीको प्रवक्तामा डा सूर्यराज आचार्य नियुक्त भएका छन्। निर्माणाधीन साझा पार्टीप्रति सञ्चारमाध्यममा बढेको चासोलाई व्यवस्थितरूपमा सम्बोधन गर्न पार्टीले केन्द्रीय संयोजन समितिका सदस्य डा सुर्यराज आचार्यलाई प्रवक्ता तोकिएको साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जानकारी दिएका छन्।

भरतपुर महानगरपालिका, चितवनका स्थायी निवासी डा. सूर्यराज आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ हुन्। थाइलेन्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलजि (एआइटी) बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका डा आचार्यले जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा’विद्यावारिधि गरेका छन्।

चार वर्षअघि नेपाल फर्किनुअगाडि उनी जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग संम्वद्ध ‘पोलिसि थिङ्क ट्याङ्क’ मा वरिष्ठ अनुसन्धानकर्ता र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा कार्यतर थिए।

पेसागत जीवनको सुरुमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघको कार्यानुभव संगालेका आचार्यका दर्जनौं शोधपत्र प्रकाशित छन्। उनका शोधपत्रहरु अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनमा पुरस्कृत भएका छन्।

नेपाली राजनीतिमा गहिरो चासो राख्ने डा आचार्य विकास र राजनीतिक विषयका लेखक तथा विश्लेषक पनि हुन्। उनले 'समृद्धि हाम्रै जीवनकालम' हेर्ने हो भने एउटा सक्षम, सशक्त र सुसंस्कृत राजनीतिक दल अत्यावश्यक रहेको पैरवी गर्दै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.