|

चितवन : भरतपुर महानगरपालिकामा वडा नम्बर १७ को मतगणना सकिँदा नगर प्रमुख पदका नेकपा एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीले मतान्तर १५८३ कायम राखेका छन्।

ज्ञवालीले ३७ हजार ५ सय १६ र नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ३५ हजार ९ सय ३३ मत ल्याएकी छन्। राप्रपा उम्मेदवार बद्री तिमल्सिनाले ५ हजार ९ सय ८३ मत ल्याएका छन्।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाहले ३९ हजार ७ सय ३६ र नेकपा एमालेकी उम्मेदवार दिव्या शर्माले ३४ हजार १ सय ९४ र राप्रपा उम्मेदवार रिना गुरुङले ६ जार

३ सय १५ मत ल्याएकी छन्। वडा नम्बर १७ मा वडा अध्यक्ष सहित सबै सदस्यहरु नेपाली कांग्रेसले जितेको छ। अब भरतपुर महानगरपालिकामा ६ वटा वडाको मतगणना बाँकी छ। अहिले वडा नम्बर २२ को मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.