|

कावासोती : नवलपरासीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। नवलपरासीको मध्यविन्दु नगरपालिका २ शेहेरीमा शुक्रबार राति जंगली हात्तीको आक्रमबाट एक वृद्धाको मृत्यु भएको हो।

राति ९ बजेको समयमा बाटोमा हिँडिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय मंगली बोटेको मृत्यु भएको इलाका प्रहरी कोल्हुवाका प्रहरी सहायक निरीक्षक टीकाराम पौडेलले बताए। गाउँमा हात्तीले आतंक मच्चाउन थालेपछि गाउँले त्रसित बनेका छन्। वृद्धालाई आक्रमण गरेपछि हात्तीले स्थानीयको पसलमा राखेको १ बोरा नुन बोकेर चितवन राष्ट्रिय निकुञ्जतर्फ गएको स्थानीयले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.