|

काठमाडौं : व्यवस्थापिका संसद् बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‍मा गरेको सम्बोधनको लागि धन्यवाद प्रस्ताव पेश भएको छ। शनिबार बसेको संसद्‍को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो अधिवेशनमा राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति प्रस्तुत गरेपछि सम्बोधन माथिको धन्यवाद प्रस्ताव पेस भएको हो।

धन्यवाद प्रस्तावको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत र समर्थकमा नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ छन्। धन्यवाद प्रस्तावमाथि संशोधन गर्नका लागि एक घण्टाको समय दिँदै सभामुख ओनसरी घर्तीले बैठक एक घण्टापछि बस्ने गरी स्थगित गरेकी छन्।

बैठकमा सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको राजीनामाको जानकारी सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन्। प्रमुख तीन दलबीच बिहान भएको बैठकमा संसद सञ्चालन गर्ने सहमति भएपछि निरन्तर अवरुद्ध हुँदै आएको बैठक शनिबारदेखि सञ्‍चालन भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.