|
दुर्घटना भएको विमानको फोटो : www.aviationabove.com

काठमाडौं : सोलुखुम्बुको लुक्लामा गोमा एयरको विमान दुर्घटना हुँदा पाइलटको निधन भएको छ भने चालक दलका अन्य दुई जना घाइते भएका छन्। विमान दुर्घटना हुँदा घाइते भएका पाइलट पारस राईको पासाङ ल्हामु निकोल निकील अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले पुष्टि गरे।

प्रजिअ कार्कीका अनुसार घाइते भएका विमानका कोपाइलट सृजन महर्जन र परिचारिका प्रज्ञा महर्जनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने प्रयास भइरहेको छ। यद्यपि अहिले पनि लुक्लामा पानी परिरहेको र बाक्लो कुहिरोका कारण भिजिबिलिटी समस्याका कारण हेलिकप्टर उड्न सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।

महर्जनलाई एअर डाइनास्टीको हेलिकोप्टरमा काठमाडौं ल्याउन लागिएकोमा खराब मौसमका कारण नाम्चेको छेक्लुङमा हेलिकोप्टर रोकिएको छ भने घाइते कोपाइलट सृजन मानन्धरको लुक्लास्थित पासाङ ल्हामु निकोल निकील अस्पतालमा उपचार भैरहेको छ।

एअर डाइनास्टीको हेलिकोप्टरले घाइतेलाई सुताएर लानुपर्ने भएकोले १ जनामात्र अट्ने हुँदा परिचारिका महर्जनलाई मात्र काठमाडौँ ल्याउन लागिएको हो।

१८ यात्रु क्षमताको यो विमान आज दिउँसो करिव साढे १ बजे सामान बोकेर लुक्ला गएको थियो। नाइन एन.ए.के.वाई कल साइनको विमान अवतरणका क्रममा धावनमार्ग नपुग्दै डिलमा रहेको सल्लाको रुखमा ठोक्किएर दिउँसो २ बजेर ४ मिनेटमा दुर्घटना भएको गोमा एअरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.