|

दाङ : पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुकको १५ औं स्मृति दिवसको अवसरमा दाङमा तीनजनालाई पुरस्कृत गरिएको छ। नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर र जनसांस्कृतिक महासंघले संयुक्त कार्यक्रम गरी शनिबार दुई पत्रकार र एक साहित्यकारलाई पुरस्कृत गरेका हुन्।

नेपाल पत्रकार महासंघ दाङ शाखाले स्थापना गरेको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार उदय जीएमलाई ५ हजार रुपैयाँसहित प्रदान गरिएको छ। त्यस्तै प्रेस सेन्टर दाङले स्थापना गरेको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नरेन्द्र केसीलाई प्रदान गरिएको छ। जनसांस्कृतिक महासंघले स्थापना गरेको कृष्णसेन इच्छुक स्मृति साहित्य पुरस्कार साहित्यकार नदीराम केसीलाई प्रदान गरिएको छ।

पत्रकार केसी र साहित्यकार नदिरामलाई दश दश हजार रुपैयाँ प्रदान गरिएको छ। प्रमुख अतिथि बरिष्ठ पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्माले तीनैजनालाई पुरस्कार प्रदान गरेका थिए। नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले विचारमा दृढ र ब्यवहारमा लचक सेनले नेपालको राजनीति, साहित्य र पत्रकारितामा ठूलो योगदान पुर्‍याएको चर्चा गरे।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज शर्माले राजनीति, पत्रकारिता र साहित्यमा सेनले ठूलो योगदान पुर्‍याएको बताए। प्रत्येक वर्ष सेनको स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङ, प्रेस सेन्टर नेपाल दाङ, जनसांस्कृतिक महासंघ दाङले एक एक जना स्रष्टालाई सम्मान गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.