|
फोटोः प्रज्जवल थापाको फेसबुकबाट।

काठमाडौं : सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा गोमा एअरको विमान दुर्घटना भएको छ। 9NAKY कल साइन भएको विमान अवतरणका क्रममा करिब २ बजे दुर्घटना भएको प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए।

उक्त विमानमा चालक, सहचालक र परिचारिका गरी ३ जना थिए। दुर्घटनामा घाइते भएका चालक पारस राई, सहचालक सिर्जन मानन्धर र परिचारिका प्रज्ञा महर्जनलाई उपचारका लागि अस्पताल लगिएको छ। उनीहरुको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

उनीहरुलाई उपचारका लागि लुक्लास्थित पासाङ ल्हामु निकोल निकील अस्पताल लगिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.