|

पर्वत : म्याग्दीको मंगला गाउँपालिका वडा नं. २ बावियाचौरमा करेन्ट लागेर शनिबार एक बालकको मृत्यु भएको छ। स्थानीय खिमबहादुर घिमिरेको  दुई वर्षीय छोरा नवीन घिमिरेको घरमा खेल्दै गर्दा विजुलीको तारमा छोइएपछि करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुई तले घरको छतमा  बेनी नगरपालिका वडा नं. ५ घर भई आफ्नो दिदीको घरमा गएका ११ वर्षका हिमाल किसानसँग खेल्दै गर्दा खेलाउने सामान नजिकै रहेको बिजुलीको तारमा अल्झिएपछि सो सामान निकाल्ने क्रममा उनीहरु दुवै जनालाई करेन्ट लागेको थियो।

करेन्ट लागेर सख्त घाइते  घिमिरेको उपचारको क्रममा स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीकी प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन्। करेन्ट लागेर घाइते भएका अर्का बालक हिमाल किसानको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ।  उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.