एअर होस्टेसलाई ल्याउँदै गरेको होलिकोप्टर खराब मौसमले बिचमै रोकियो

|

काठमाडौं : सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटना भएको विमानका चालक पारस राईको निधन भएको छ। प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले लुक्लास्थित पासाङ ल्हामु निकोल निकील अस्पतालमा उपचारका क्रममा राईको मृत्यु भएको थाहाखबरलाई बताए।

'उहाँको अवस्था क्रिटिकल थियो, उपचारका क्रममा उहाँको मृत्यु भयो', अधिकारीले भने।

एअर होस्टेसलाई काठमाडौं ल्याइँदै

दुर्घटनामा घाइते भएकी एअर होस्टेस प्रज्ञा महर्जनलाई भने थप उपचारका लागि काठमाडौं पठाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।

महर्जनलाई एअर डाइनास्टीको हेलिकोप्टरमा काठमाडौं पठाइएको प्रजिअ पाण्डेले बताए। तर उक्त हेलिकोप्टर पनि खराब मौसमका कारण नाम्चेको छेक्लुङमा रोकिएको पाण्डेले बताए।

घाइते कोपाइलट स्रिजन मानन्धरको लुक्लास्थित पासाङ ल्हामु निकोल निकील अस्पतालमा उपचार भैरहेको छ। 

एअर डाइनास्टीको हेलिकोप्टरले 'घाइतेलाई सुताएर लानुपर्ने भएकोले १ जनामात्र अट्ने भनेर एकजनालाई मात्र लिएर गएको' प्रजिअ पाण्डेले जानकारी दिए।

१८ यात्रु क्षमताको यो विमान सामान बोकेर लुक्ला गएको थियो। 9NAKY कल साइन भएको विमान ल्यान्डिङका क्रममा २ बजेर ४ मिनेटमा दुर्घटना भएको गोमा एअरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.