|
फाइल फोटो

चितवन : भरतपुर महानगरपालिकाको जारी मतगणनामा नगर प्रमुख पदको नेकपा माओवादी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर केही घटाएकी छन्। वडा नम्बर २२ को मतगणना भइरहँदा रेणुले देवी ज्ञवालीसँगको मतान्तर १४६३ मा झारेकी हुन्।

वडा नम्बर २२ बाट खसेको २८५२ मतमध्ये १८०१ गणना हुँदा रेणुले देवीभन्दा १ सय २० मत बढी पाएकी छन्। अहिलेसम्मको गणनामा एमाले उम्मेदवार देवी ज्ञवालीले ३८ हजार १ सय ८५ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ३६ हजार ७ सय २२ मत ल्याएकी छन्।

उपप्रमुखमा भने नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाहले ४० हजार ५ सय २६ मत ल्याएकी छन्। नेकपा एमालेकी उम्मेदवार दिव्या शर्माले ३४ हजार ८ सय ६४ मत ल्याएकी छन्। भरतपुर महानगरपालिकामा अब वडा नम्बर २२ सहित ६ वटा वडाको मतगणना गर्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.