|

काठमाडौं : नेपाल मार्शल आर्टस् हाप्किडो संघको निमन्त्रणामा नेपाल भ्रमणमा आएका कोरियाली हाप्किडो महासंघका प्रतिनिधि मण्डललाई सम्मान गरिएको छ।

भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री यशोदाकुमारी लामाले कोरिया तथा विश्‍व मार्शल आर्टस् हाप्किडो महासंघका अध्यक्ष डा.ली डाइ ह्युन, क्याल्भिन युनिभर्सिटीका डिन पार्क जि छ्युन र क्याल्भिन युनिभर्सिटीकै भाइस-चान्सलर युन इकसीयालाई शनिबार सम्मान गरेकी हुन्। 

नेपाल मार्शल आर्टस् हाप्किडो संघको संयोजनमा चार दिने नेपाल भ्रमणमा आएका प्रतिनिधिहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए।

भेटका क्रममा हाप्किडो नेपालमा विकास र विस्तार गर्ने सम्बन्धमा भौतिक पूर्वाधार तथा प्राविधिक जनशक्ति निर्माणका लागि छलफल भएको नेपाल मार्शल आर्टस् हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्ती मगरले जानकारी दिए। त्यस अवसरमा अन्तराष्ट्रिय कराते खेलाडी तथा प्रशिक्षकद्वय कुशल श्रेष्ठ, तारा गुरुङ लगायत पनि सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.