उपप्रमुखमा हरिप्रभाले बाजी मारिन्

|

काठमाडौं : एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाको प्रमुखमा विजयी भएका छन्। उपप्रमुखमा निर्वाचित कांग्रेसकी हरिप्रभा खड्गी निर्वाचित भएकी छिन्।

शाक्य ६४ हजार ९१३ मतसहित काठमाडौं महानगरको प्रमुख निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार राजुराज जोशीले  ४५ हजार २६९ मत प्राप्त गरे। शाक्यले जोशीलाई १९ हजार ६४४ मत अन्तरले हराएका हुन् ।

यस्तै विवेकशील पार्टीकी रञ्जु न्यौपाने (दर्शना) ले २३ हजार ४३९ मत ल्याइन् भने साझा पार्टीका किशोर थापाले १८ हजार ४९६ ले प्राप्त गरे। माओवादी केन्द्रका सर्वोत्तम डंगोलले भने ७ हजार ९०६ पाए। यस्तै नयाँ शक्तिका पवित्र बज्राचार्यले  ६ हजार ६५० मत प्राप्त गरे।

उपप्रमुखमा निर्वाचित कांग्रेसकी खड्गीले ५८ हजार ९५२ मत ल्याइन्। निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठ (एमाले–राप्रपा गठबन्धन) ले ३४ हजार ८५४ मत प्राप्त गरे। यस्तै साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत ल्याइन्। माओवादी केन्द्रकी सुशीला पौडेलले १० हजार ४४८ प्राप्त गरिन्।

काठमाडौं महानगरपालिकामा खसेको १ लाख ९७हजार २२७ मध्ये १ लाख ९१ हजार ४४ मतबाट यो परिणाम अाएको हो। अर्थात् महानगरमा खसेकामध्ये  ६ हजार १८३ मत बदर भयो।

 नगरप्रमुख, उपप्रमुखलगायत वडामा निर्वाचित जनप्रतिनिधिको सपथ कार्यक्रम जेठ १७ गते बिहान ११ बजे सभागृहमा हुने प्रमुख निर्वाचन अधिकृतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.