|
फाइल फोटो

नेपालगन्ज :  नेपालगन्जको धम्बोझी चोक नजिक रहेको श्रेया इन्टेरियल प्रालिमा लागेको आगो नियन्त्रणमा आएको छ। एक पसलमा लागेको आगो करिब दुई घण्टादेखि प्रयास भएपनि पूर्ण रुपमा निभिसकेको छैन। 

पंकज श्रेष्ठले सञ्चालन गरेको श्रेया इन्टेरियलमा रहेका कार्पेट र फर्निचर जलेर नष्ट भएका छन्। उक्त आगो नेपालगन्ज, कोहलपुर, गुलरिया र नेपालगन्ज एयरपोर्टको दमकलको सहयोगमा नियन्त्रणमा लिने कार्य भइरहेको बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए। उनले आगो पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको बताए।

श्रेष्ठले सञ्चालन गरेको कार्पेट, फर्निचर लगायतको पसलमा बिहान करिब नौ बजे आगलागी भएको थियो। बन्द पसलमा एक्कासी आगलागी भएको बताउँदै श्रेष्ठले विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका ब्यक्त गरे।

आगोले आसपास पसल र होटलमा सामान्य क्षति पुर्‍याएको छ। नजिकैको होटल सम्मानमा मान्छे रहेको आशंकामा उद्दार गर्न जाँदा घाइते भएका मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका प्रहरी निराजन विकको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ। क्षतिको विवरण अझैँ यकिन भइनसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.