|

गोरखा : बहुविवाहका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय गोरखाको एक टोलीले पक्राउ गरेको छ। २०७२ साउन २७ गते जिल्ला अदालतको फैसलाले बहुविवाह मुद्दामा दुई वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका गोरखा नगरपालिका १३ का २८ वर्षीय बद्री गान्धारीलाई पक्राउ गरिएको हो।

गान्धारीलाई शनिबार चितवन भरतपुर महानगरपालिकाको पोखरा बसपार्कबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। गान्धारीलाई आइतबार जिल्ला अदालतमा पेस गरी बाँकी सजाय भुक्तानीको लागि गोरखा कारागार थुनामा पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.