एउटै घरमा ३ पार्टीसम्मको झण्डा

|

    बाँके : झण्डा  प्रदर्शन गर्न बाँकेमा राजनीतिक दलहरुबीच होडबाजी नै चलेको छ। राजनीतिक दलले एउटै घरमा २–४ वटा झण्डा   राखिदिने गरेका छन्। एउटा दलले राखेको ठाउँमा अर्को दलले पनि झण्डा   राखिदिने गरेको सर्वसाधारणले गुनासो गरेका छन्।

    एउटा दलले झण्डा   राखेपछि त्यहिँनेर अर्को दलले राख्ने गरेको बैजनाथ गाउँपालिका बनकटवाका रामप्रसाद शर्माले बताए। ‘एउटाले राखेपछि अर्कोलाई नराख भन्न सकिँदैन, मेरो घरमा मात्र ३ वटा पार्टीको झण्डा   छ,’ उनले भने।

    साविक फत्तेपुर गाविस–८, मेहमानपुरका मोहन थारुले बताए। उनले राजनीतिक दलहरु झण्डा   प्रदर्शनमा उत्रिएको सुनाए। एउटै घरमा फरक–फरक दलले झण्डा   राखेर तनाव दिएको उनले बताए। ‘नराख भन्दा झगडा गर्लान् भन्ने डर लाग्छ,’ उनले भने।

    उनले जबरजस्ती घरमा झण्डा  राखिदिने गरेको समेत बताए। उनले झण्डा ले गाउँ रङ्गीविरङ्गी भएको बताए। ‘गाउँघर हेर्न लायक भएको छ, झण्डा  ले गाउँनै रङ्गिएको छ,’ उनले भने। 

    झण्डा   बनाउन भ्याई-नभ्याई

    स्थानीय तहको निर्वाचन नजिकिएसँगै बाँकेमा झण्डा  को कारोबार बढेको छ। स्थानीय तहको निर्वाचन बाँकेमा मात्र २ लाख झण्डा को कारोबार हुने अनुमान गरिएको छ। निर्वाचनको मिति नजिकिएसँगै फुर्सद नै नभएको नेपालगन्ज घरबारी टोलस्थित बिहानी स्क्रिन प्रिन्टिङ प्रेसका संचालक हरि ज्ञवालीले बताए।

    पहिलो पटकको निर्वाचनदेखि नै झण्डा   बनाउने अर्डर आउन थालेको उनले बताए। उनले अहिलेसम्म ४० हजार झण्डा   बनाइसकेको जानकारी दिए। ‘निर्वाचन घोषणा भएदेखि नै नेपालगन्जका स्क्रिन प्रिन्टिङ प्रेस र पेन्टिङ (आर्टस) व्यवसायीलाई झण्डा   छाप्न र बनाउन भ्याई-नभ्याई छ,’ उनले भने।

    उनले अर्डर पूरा गर्न आधा रातसम्म प्रिन्टिङको काम हुने गरेको बताए। भनेको समयमा बुझाउनै पर्ने भएकोले रातदिन खटेर काम गरिरहेको ज्ञवालीको भनाइ छ। ‘समयमा नदिँदा रिसाउँछन्, गाली खानुभन्दा अबेर रातिसम्म काम गरेर ग्राहकको चित्त बुझाइरहेको छु,’ उनले भने।

    स्क्रिन प्रिन्टर्स र पेन्टिङ व्यवसायीले झण्डा  मात्र नभई टिसर्ट र टोपीमा समेत चुनाव चिह्न छाप्ने काम पाएका छन्। दैनिक १ हजार ५ सय बढी झण्डा   छाप्ने गरेको साहिल प्रिन्टर्सका सञ्चालक साहिल खानले बताए।

    उनले राजनीतिक दलबाट नभई ब्यक्ति विशेषले समेत झण्डा को अर्डर र टिसर्ट तथा टोपीमा चुनाव चिह्न छपाउने गरेको बताए। ‘विगत १५ दिनदेखि अर्डर आइरहेको छ, कमाउने समय यही हो भनेर झर्को नमानेर अर्डर लिइरहेको छु,’ उनले भने।

    एक घर एक झण्डा   कांग्रेसको अभियान

    राजनीतिक दलले झण्डा   बनाउने र टिसर्ट तथा टोपीमा चुनाव चिह्न छपाउन धमाधम अर्डर दिनुले बाँकेमा चुनावी माहोल तातिएको छ भन्ने बुझिन्छ। झण्डा  ले नै जनलहर ल्याउने भएकोले झण्डा लाई विशेष प्राथमिकतामा राखेको बाँकेका राजनीतिक दलले बताएका छन्।

    झण्डाले जनतालाई प्रभाव पार्ने भएकोले विशेष प्राथमिकतामा राखेको नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले बताइन्। उनले ‘एक घर एक झण्डा  ’ भन्ने अवधारणा कांग्रेसले अघि सारेको बताइन्। ‘मतदातालाई आकर्षित गर्न कांग्रेसले घर–घरमा झण्डा   पुर्‍याउने अभियान थालेको छ,’ उनले भनिन्।

    कांग्रेस बाँकेले यति नै झण्डा  प्रयोग गर्छ भन्न सक्ने अवस्था नभएको समेत उनले बताइन्। ‘अधिकभन्दा अधि झण्डा  , टिसर्ट र टोपी प्रयोगमा ल्याउँछौं यतिको संख्यामा झण्डा   बनाउँछौं भन्न सकिने अवस्था छैन,’ कांग्रेस सभापति कोइरालाले भनिन्।

    उनले १० हजारभन्दा बढि झण्डा  , टिसर्ट, गम्छा र टोपी गाउँमा पुगिसकेको जानकारी दिइन्। आवश्यकताअनुसार गाउँ कमिटी र नगर कमिटीले लगिरहेको उनले स्पष्ट पारिन्।   

    घर-घरमा झण्डा   पुर्‍याउन एमालेको दौडधूप

    नेकपा एमाले बाँकेले पनि झण्डालाई चुनावी अभियानको हतियारको रुपम लिएको छ। उसले घर–घरमा एमालेको चुनाव चिन्ह भएको झण्डा  , टिशर्ट, टोपी र गम्छा पुर्‍याउने अभियानका लागि गाउँ–गाउँमा कार्यकर्ता परिचालन भएको जनाएको छ।

    एमाले बाँकेले २० हजार बढी झण्डा मतदाताको घर आँगनमा पुर्‍याउने उपाध्यक्ष निरक गुरुङले जानकारी दिए। ‘एउटा झण्डा धेरैले हेर्ने भएकोले यो प्रभावकारी हुन्छ,’ उनले भने।  

    उनले झण्डा,  टिसर्ट, टोपी प्रचार प्रसारको राम्रो अस्त्र भएको बताए। चुनाव चिन्ह सहितको झण्डाले मतदातालाई सजिलै आकर्षण गर्न सकिने भन्दै उनले हरेक मतदाताको घरमा झण्डा  , टिसर्ट वा टोपी पुर्‍याउने लक्ष्यका साथ एमाले अघि बढेको बताए।

    माओवादी केन्द्रले पनि बनायो झण्डालाई चुनावी अस्त्र

    माओवादी केन्द्रले पनि झण्डा, टिसर्ट र टोपीलाई निर्वाचन प्रचार प्रसारको प्रमुख साधन बनाएको छ। स्थानीय तह निर्वाचनमा ५० हजार झण्डा परिचालन गर्ने माओवादी केन्द्र बाँकेका संयोजक आइपी खरेलले जानकारी दिए।

    उनले ३० हजार झण्डा छापिएर गाउँ–गाउँमा गइसकेको र २० हजार झण्डा बनाउन दिएको बताए। ‘चोक, घर र विशेष ठाउँमा राख्ने योजनाका साथ माओवादी केन्द्रले झण्डा वितरण गरेको छ,’ उनले भने, ‘झण्डा लाई नै निर्वाचन प्रचार प्रसारको मुख्य साधन बनाइएको छ।’

    माओवादी केन्द्रले निर्वाचन अवधिभर १५ हजार टिसर्ट र ५ हजार टोपी पनि मतदातासामु पठाउने खरेलले जानकारी दिए। उनले १० हजार टिसर्ट गाउँमा पठाइसकेको र ५ हजार छापाखानामा रहेको समेत बताए। ‘टोपीलाई सिम्बोलिक रुपमा मात्र लिएका छौं निर्वाचनको बाँकी समयावधिमा २ हजार टोपीमा चुनाव चिह्न छापेर गाउँमा पठाउँछौं’ माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खरेलले भने।

    दलसँग प्रतिस्पर्धा गर्न राप्रपाको झण्डा परिचालन

    राप्रपाले निर्वाचन अवधिभर १५ हजार झण्डा जिल्लाभर परिचालन गर्ने योजना बनाएको अध्यक्ष नरेन्द्र कुमार पौडेलले बताए। उनले १० हजार बढी झण्डा तयार गरेर गाउँमा पठाइसकेको बताए। राप्रपाले पनि झण्डालाई प्रचार प्रसारको राम्रो माध्यम मानेको बताए। ‘झण्डा  ले नै चुनावको माहोल ल्याउँछ, प्रचार प्रसार गर्न नसकेको ठाउँमा झण्डाले नै पार्टीको प्रतिनिधित्व गर्छ,’ पौडेलले भने।

    उनले झण्डा बनाउन आर्थिक समस्या भएका समेत बताए। अन्य दलले धेरेभन्दा धेरै झण्डा प्रयोग गरेकोले बाध्य भएर राप्रपाले पनि झण्डालाई प्राथमिकता दिएको बताए। ‘अन्य दलसँग प्रतिस्‍पर्धा गर्नैपर्ने भएकोले मन नलागेर पनि झण्डा बनाउन परेको छ,’ उनले भने।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.