|

चितवन : भरतपुर महानगरपालिकामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमालेका उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर ७ सय ८४ मा झारेकी छन्।

वडा नम्बर २१ को मतगणना सकिँदा एमाले उम्मेदवार ज्ञवालीले ४०९८० ल्याएका छन् भने माओवादी उम्मेदवार दाहालले ४०१९६ मत ल्याएकी छन्। नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिएको यस वडामा वडाअध्यक्षमा कांग्रेसकै चित्रसेन अधिकारी विजयी भएका छन्।

अब वडा नम्बर १९ र २० को मतगणना हुन बाँकी छ। यो क्षेत्र नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिन्छ। अहिलेसम्मको मतगणनामा उपप्रमुखमा नेपाली कांग्रेसकी पार्वती शाहले ४४ हजार ७९ र नेकपा एमालेकी उम्मेदवार दिव्या शर्माले ३७ हजार ६ सय ८ ल्याएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.