|

  • मनोज भट्टराई-

ओखलढुंगा  :  मोलुङ गाउँपालिकाको वडा नं ६ स्थित श्रीचौरको मंसिरेमा बौद्ध चैत्य स्तूपाको निर्माण कार्य सुरु भएको छ। मंसिरेको उर्गेन छोलिङ गुम्बाको प्रांगणमा बौद्ध चैत्यको निर्माण कार्य सुरु गरिएको हो। वैदेशिक रोजगारीमा विदेशमा रहेका युवाहरु र पर्यटन व्यवसायमा लागेका व्यवसायीहरुबाट आर्थिक सहयोग संकलन गरी स्तूपाको निर्माण गर्न लागिएको हो।

जेठको पहिलो साताबाट विधिवत रुपमा निर्माण सुरु भएको उक्त बौद्ध चैत्य अबको एक महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य राखिएको स्थानीय पासाङ शेर्पाले जानकारी दिए। निर्माण सुरु भएको बौद्ध चैत्यका लागि आवश्यक पर्ने निर्माण सामग्रीहरु सबै संकलन गरिसकिएकाले चैत्य निर्माण तीव्र रुपमा लाग्ने शेर्पाको भनाइ छ।

बौद्ध चैत्य निर्माणमा झण्डै ५० लाखको लागत लाग्ने अनुमान गरिएको छ। स्थानीय कर्मा शेर्पा र श्रीमती जाङमु शेर्पाले  ५ लाख बराबरको जग्गा निशुल्क प्रदान गरेपछि बौद्ध गुम्बा निर्माण गर्न लागिएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ।

विभिन्न गुम्बा, पाटी पौवा,  मन्दिर निर्माण तथा मर्मतको लागि ओखलढुंगा जिल्ला विकास समितिबाट बर्सेनी लाखौं रुपैया विनियोजित गरिए पनि ओखलढुंगामा पाटी पौवा गुम्वाहरु निर्माण गर्न स्थानीयबाट सहयोग र चन्दा उठाउनुपर्ने बाध्यता नहटेको शेर्पाले बताए। जिल्ला विकास समितिबाट बिनीयोजीत रकम सही सदुपयोगा भए नभएको  पाटी पौवा रगुम्वाहरु निर्माण तथा मर्मत भए नभएको अनुगमन  गर्न जरुरी देखन्छि।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.