|

लहान : सप्तरीको रुपनी गाउँपालिका २ रायपुरका एक व्यक्तिको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रुपनीका अनुसार स्थानीय ४० वर्षीय विजय मण्डलको करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नो बारीमा लगाएको तरकारीमा सिँचाइ गर्न विद्युतीय मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर मण्डल गम्भीर घाइते भएका थिए। प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते मण्डललाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो।

लडेर सहचालक घाइते

सप्तरीको पश्चिमवर्ती सुरुङ्गा नगरपालिका २ स्थित चहका खोलामा बालुवा बोक्न आएको ट्रयाक्टरबाट लडेर आइतबार अपराह्न सहचालक घाइते भएका छन्। बालुवा बोकेर खोलाबाट सडकमा निस्किने क्रममा

स. १ त ३५९७ नम्बरको ट्रयाकटरबाट लडेका सहचालक सुरुङ्गा नगरपालिका ३ दौलतपुर बस्ने २७ वर्षीय मोहमद अमिरलाई ट्रयाक्टरले किचेर घाइते बनाएको हो। घाइते अमिरको लहानस्थित फ्रेन्डस मोडेल अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय भेडियाले जनाएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.