|

काठमाडौं : उच्च आर्थिक वृद्धिदरका कारण चाल आर्थिक वर्षमा नेपालीको आम्दानी पनि बढेको छ। चालु आर्थिक वर्ष २०७३/७४ मा प्रत्येक नेपालीको कुल राष्ट्रिय आय ८ सय ५३ अमेरिकी डलर पुगेको छ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार प्रति नेपालीको वार्षिक आय ८८ हजार ७ सय ८६ स रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षमा नेपालीको राष्ट्रय आय ७ सय ४६ अमेरिकी डलर अर्थात ७७ हजार ९ सय ७१ रुपैयाँ रहेको थियो। अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालीको वार्षिक आय गत वर्ष भन्दा १० हजार ८ सय ५ रुपैयाँ बढेको हो।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल खर्च योग्य आम्दानी पनि गत वर्ष भन्दा ३.६ प्रतिशतले बढेको छ। जस अनुसार चालु वर्ष नेपालीको खर्च योग्य आम्दानी ३९ हजार १ सय ४२ रुपैयाँ पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। गत वर्ष आर्थिक वृद्धिदर ०.०१ प्रतिशत रहेकोमा यस वर्ष बढेर ६.९४ प्रतिशत पुगेको छ।

यो वृद्धिदर २०५०/५१ सालयताकै उच्च रहेको सरकारले दावी गरेको छ। चालु आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन ५.२९ प्रतिशत र गैर कृषि क्षेत्रको उत्पादन ७.७४ प्रतिशतले बढ्ने सरकारको अनुमान छ। त्यस्तै सेवा क्षेत्रको उत्पादन ६.९० र उद्योग क्षेत्रको उत्पादन १०.९७ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको मूल्यवृद्धि भने केही वर्षयताकै न्युन रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। चालु आर्थिक वर्षको पहिलो ७ महिनाको मूल्यवृद्धि दर ५.६ प्रतिशत रहेको छ। जुन अघिल्लो वर्षको यसै अवधिमा ९.७ प्रतिशत थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.