|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले बनाइसकेको मन्दिरमा रङरोगन मात्र बनाएको दावी गरेका छन्। अहिले भएको आर्थिक वृद्धिदर र लोडसेडिङ अन्त्यको आधार आफ्नो सरकारले बनाएको दावी गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकारले खाली जस मात्र पाएको दावी गरे।

'हामीले बनाएको मन्दिरको टुप्पोमा रङ लगाउनुभयो र भन्नुभयो मैले त रङ लगाए अरुले के गर्नुभयो?' आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा भने 'लोडसेडिङ अन्त्यका लागि मेरो सरकारले आधार तयार पारेको थियो। १ वर्ष भित्रमा लोडसेडिङ अन्त्य गर्ने तयारीमा थियौं।'

पहिलो चरणको निर्वाचनमा सत्ताको दुरुपयोगको घटना केही मात्रामा देखिए पनि एमालेले सफलता हात पारेको दावी गर्दै एमाले अध्यक्ष ओलीले कतिपय ठाउँमा आन्तरिक कारणले हार व्यहोर्नुपरेको बताए।

एमालेले धेरै सिट जितेपछि स्थानीय तह थप गर्ने प्रपञ्च सुरु गरिएको भन्दै ओलीले त्यसलाई स्वीकार गर्न नसकिने बताए। 'एमालेको लहर देखेर पान पसल र चिया पसल पनि नभएका ठाउँलाई पनि नगर र सहर बनाइयो' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.