|

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका उपप्रमुखमा नेपाली कांग्रेस र माओवादी केन्द्रको तर्फबाट उपप्रमुखकी उम्मेदवार पार्वती शाहको जित सुनिश्चित भएको छ।

गठबन्धनकी उम्मेदवार पार्वती शाहले ४४०७९ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी एमालेकी दिव्या आचार्यको मत ३७६८० रहेको छ। शाह र आचार्यबीचको मतान्तर ६ हजार ३९९ रहेको छ। अब ६ हजार १६२ मतमात्र गणना गर्न बाकीँ छ। गणना गर्न बाकीँ मतसंख्याभन्दा मत गठबन्धनकी उम्मेदवारको अग्रता बढी भएको ले जित सुनिश्चित भएको हो।

प्रमुखमा भने एमाले उम्मेदवार देवी ज्ञवालीले अग्रता कायम राखेका छन्। पछिल्लो समय गठबन्धनकी उम्मेदवार रेणु दाहालले मतअन्तर घटाइरहेकी छन्। पछिल्लो मतगणना अपडेट अनुसार रेणुले मतान्तर ७८४ मा झारेकी छन्।

वडा नम्बर २१ को मतगणना सकिँदा एमाले उम्मेदवार ज्ञवालीले ४०९८० ल्याएका छन् भने माओवादी उम्मेदवार दाहालले ४०१९६ मत ल्याएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.