|

काठमाडौं : यसवर्षको राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट सर्लाहीका माछापालक किसान अफजल हुसेन पुरस्कृत हुने भएका छन्। कृषि विकास मन्त्रालयले सर्लाहीको हरिपुर नगरपालिका ९ पिडारीका माछापालक किसान हुसेनलाई सर्वोत्कृष्ट किसान चयन गर्दै २ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको हो।

त्यस्तै राष्ट्रपति उक्तृष्ट कृषक पुरस्कारबाट भने चार जना किसानहरु पुरस्कृत हुँदैछन्। नलवपरासी हुप्सेकोट गाउँपालिका ३ बेलहानीका तरकारी किसान थमबहादुर रजालीमगर, डडेल्धुरा अजमेरु गाउँपालिका ४ का बाख्रापालक किसान खडक सिंह विष्ट, पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का सुन्तला खेती तथा एकीकृत खेती किसान इन्द्रकुमारी लावती र बाँके नेपालगञ्ज उपमहानगरपालिका ५ का मत्स्य प्रजनन किसान सुमेर शमशेर जबरा उत्कृष्ट किसान घोषित हुँदै जनही १/१ लाख रुपैयाँबाट पुरस्कृत हुन लागेका हुन्।

हरेक वर्ष गणतन्त्र दिवसको अवसर पारेर कृषि विकास मन्त्रालयले उत्कृष्ट किसान चयन गर्ने गरेको मन्त्रालयका प्रवक्ता डा. योगेन्द्रकुमार कार्कीले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.