|

काठमाडौं  : हेल्थ टुडेका सम्पादक पदमराज जोशी सहित पाँच पत्रकारलाई यस वर्षको रोटरी इन्टरनेसनल अवार्ड प्रदान गरिएको छ। अवार्ड सहित पुरस्कारको रासी  जनहि रु.पच्चिस हजार रहेको छ। राजधानीमा आइतबार आयोजना गरिएको विषेश समारोहमा रोटरी इन्टरनेसनल डिस्टिक गभर्नर रोटरियन जया राज्यलक्ष्मी शाह र नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्टलेआफ्नो आफ्नो क्षेत्रमा निरन्तर पुर्‍याइरहेको योगदानस्वरुप अवार्ड प्रदान गरेकाे जानकारी दिए।

समारोहमा पत्रकार जोशीसँगै विभिन्न विधाका पाँच जना पत्रकारलाई पनि रोटरी इन्टरनेशनल अवार्ड प्रदान गरिएको छ। अवार्ड पाउने पत्रकारहरुमा शिक्षा क्षेत्रबाट शिक्षा संवादकी रोश्ना सुब्बा, आर्थिक क्षेत्रबाट अन्नपूर्ण पोष्टका सुजित महत, वातावरण क्षेत्रबाट एभिन्यूज टेलिभिजनका सरोज कोइराला, महिलाबाट संचारिका समूहकी प्रतिमा शिलवाल र मूलधारबाट कान्तिपुर दैनिकका भूषण यादव रहेका छन्।

कार्यक्रममा महासंघका अध्यक्ष डा. विष्टले साच्चिकै पत्रकारितामार्फत समाजसेवामा उल्लेखनीय योगदान गरिरहेका सञ्चारकर्मीहरुलाई विधागत रुपमा पुरस्कारमार्फत प्रोत्साहन गर्न सहयोग गरेकोमा रोटरी इन्टरनेशनललाई धन्यवाद दिए।

निर्णायक मण्डलका सदस्य एवं प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले पुरस्कारले पत्रकारहरुलाई पेसाप्रति थप जिम्मेवार बनाएको बताए। कार्यक्रमका अध्यक्ष रोटरियन महेश्वर भक्त श्रेष्ठ र अर्का रोटरियन रत्नमान मास्केले रोटरीले गरिरहेको समाजसेवाका विविध आयामका विषयमा प्रकाश पारेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.