|

काठमाडौं : नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यलाई आइतबार विहान काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएको घोषणा गरेपछि उनको विजय र्‍याली बाजागाजा सहित राष्ट्रिय सभागृहबाट अघि बढ्यो। शहिद गेट, सुन्धारा, खिचापोखरी, न्यूरोड, बसन्तपुर, ओमबहाल हुँदै उक्त र्‍याली शाक्यको टोल काठमाडौं-२१ लगन पुग्दा दिउँसो घाम चर्किसकेको थियो। 

स्थानीय वासिन्दा तथा शाक्यका छिमेकीहरु उनको स्वागतका लागि अवीर, टीका, माला र खादा लिएर पर्खिरहेका थिए। कसैले छतबाट फूल छर्किरहेका थिए भने कतिले पानी फालेका थिए। शाक्यको सम्मानमा टोलबासीले ठूलो सुर्य चिन्ह सडकमा नै कोरेका थिए। त्यसमा नेवारी भाषामा शाक्यलाई बधाइ दिइएको थियो। टोलका युवाहरुले शाक्यलाई बोकेरै टोलमा रहेको मन्दिर तथा गुम्बाको परिक्रमा गराए। 

वैशाख ३१ गते निर्वाचन सम्पन्न भएर जेठ १ देखि १३ गते मध्यराति मतगणना सम्पन्न भएको थियो। महानगर प्रमुखमा शाक्य निर्वाचित भएपछि टोलबासी निकै उत्साहित देखिन्थे। त्यस क्रममा उनीहरुले शाक्य र एमालेको पक्षमा नारा लगाएका थिए।

हेर्नुस् फोटोहरु :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.