|

चितवन : भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार प्रमुख पदका नेकपा एमाले उम्मेदवार देवीप्रसाद ज्ञवाली र नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालबीचको मतान्तर ७ सय ६४ पुगेको छ। वडा नम्बर १९ को ६०० मत गनिसक्दा माओवादी उम्मेदवार दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीले भन्दा २० मत बढी ल्याएकी छन्।

आइतबार राति सार्वजनिक मत परिणाम अनुसार एमाले उम्मेदवार ज्ञवालीले ४१ हजार २ सय १ मत ल्याएका छन् भनने माओवादी केन्द्रकी उम्मेदवार दाहालले ४० हजार ४ सय ३७ मत ल्याएकी छन्। अब वडा नम्बर १९ र २० को गरी करिब ५ हजार ५ सय मत गन्न बाँकी छ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाहले ४४ हजार ३ सय ७३ र नेकपा एमाले उम्मेदवार दिव्या शर्माले ३७ हजार ८ सय ७० मत ल्याएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.