|

चितवन : भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार प्रमुख पदका नेकपा एमाले उम्मेदवार देवीप्रसाद ज्ञवाली र नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालबीचको मतान्तर ७ सय ५५ पुगेको छ। वडा नम्बर १९ को १२ सय मत गनिसक्दा माओवादी उम्मेदवार दाहालले थोरै मतान्तर घटाउन सफल भएकी हुन्।

आइतबार राति सार्वजनिक मत परिणाम अनुसार एमाले उम्मेदवार ज्ञवालीले ४१ हजार ४ सय २१ मत ल्याएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार दाहालले ४० हजार ६ सय ६६ मत ल्याएकी छन्। अब वडा नम्बर १९ र २० को गरी करिब ५ हजार मत गन्न बाँकी छ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाहले ४४ हजार ६ सय ४८ र नेकपा एमाले उम्मेदवार दिव्या शर्माले ३८ हजार ६९ मत ल्याएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.