|

मलेखु (धादिङ) : धादिङबेंसी–सल्यानटार सडकखण्ड अन्तर्गत नीलकण्ठ नगरपालिका–११ गोलाभञ्ज्याङमा आइतबार साँझ बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुने पाँचै जना महिला रहेका छन् । 

स्थानीय गोलाभञ्ज्याङबाट खहरेतर्फ जाँदै गरेको ग १ ख ३८०५ नंको बस दुर्घटना हुँदा अन्य २० यात्रु घाइते भएको घाइतेको उद्धारमा संलग्न स्थानीय कुँवेर धरेलले बताए। बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। मृतकको सनाखत हुन सकेको छैन। 

घटनास्थलमा ढिला मात्र प्रहरी पुगेकाले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नियमित रुटको बस बिग्रेपछि त्रिपुरेश्वर बोर्डिङ स्कुलको बसले यात्रु बोकेर जाँदा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.