|

चितवन : भरतपुर महानगरपालिकामा आइतबार राति मतपत्र च्यातिएको विषयमा विवाद हुँदा मतगणना स्थगित भएको छ। मध्यराति करिब १२ बजेतिर एक्कासी दलका कार्यकर्ताले मतपत्रहरु च्यातेपछि भएको झगडाका कारण स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए।

अहिले मतगणनास्थल खाली गराएर शिलबन्दी गरिएको छ। निर्वाचन आयोगसँग छलफल गरेर मात्र मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए। उनले आफू शौचालय गएको बेलामा घटना भएको बतााए। 

‘म ट्वाइलेट गएँ। त्यो भन्दाअघि सबै शान्त थियो। सौहार्दपूर्ण रुपमा मतगणना अघि बढिरहेको थियो, म दुई मिनेटमा फर्केर आउँदा मतगणना स्थल रणभूमिमा परिणत भइसकेको थियो। सबैले आफ्नो ज्यान जोगाउन भागाभाग गरिरहेका थिए। कोहीले मतपत्र च्यात्दै थिए। कसले च्यात्यो कति च्यातियो यसबारेमा म अहिले भन्न सक्दिन’ उनले भने।

नेकपा एमालेबाट नगर प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनले हार स्वीकार गर्न नसकी मतपत्र च्यातेको आरोप लगाए। नेकपा माओवादी केन्द्रका नेता नारायण दाहालले मतपत्र एमाले कार्यकर्ताले च्यातेको आरोप लगाएका छन्। प्रहरीले एक जना एमाले र दुई जना माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.