|

रौतहत : सघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बुलेटको जवाफ ब्यालेटले दिनुपर्ने अवस्था आएको बताएका छन्। जिल्लाका विभिन्न स्थानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अधिकारको लडाइँमा समर्पित मधेसी जनतासामु निर्वाचनको अधिकार प्रयोग गर्ने ठूलो अवसर आएको बताए।

'अधिकारका लागि सडकमा उत्रिने मधेसी योद्धाले जुन बर्बरता सहे, त्यसका विरुद्ध ब्यालेट पेपरमा मोहर लगाउने बेला आएको छ।'  उनले भने, 'मधेसीलाई अधिकार नदिने एमाले- कांग्रेसलाई ब्यालेटको दमले ढाल्ने बेला आएको छ।' उनले जनताको सबैभन्दा ठूलो शक्ति मताधिकार भएकाले सबै मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पनि उनले आग्रह गरे।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.