|

 धनगढी : पार्टी नेतृत्वले टिकट वितरणमा अन्याय र असमान व्यवहार गरेको भन्दै एकजना कांग्रेस कार्यकर्ताले आवरण अनशन थालेका छन्। धनगढी उपमहानगरपालिकासहित जिल्लाभरका स्थानीय तहको टिकट वितरणमा भागबन्डा गरिएको भन्दै नेपाल विद्यार्थी संघ कैलालीका पूर्वअध्यक्ष कृष्णबहादुर कुँवरले पार्टी कार्यालयमा तालाबन्दी गरेर ६ दिनदेखि आमरण अनशन बसेका हुन्।

'टिकट वितरणमा अन्याय भयो आर्थिक लेनदेनदेखि भागबन्डासमेत गरिएको छ।' कुँवरले भने, '७ नम्बर प्रदेशको एकमात्र उपमहानगरका वडामा टिकट वितरणमा नेतृत्वले गरेको मनोमानीका विरुद्ध आमरण अनशन बस्नुपरेको हो।'

पाउनुपर्नेले टिकट नपाएको र जित्नै नसक्ने तथा जनधार नै नभएकाले टिकट दिइएको उनले आरोप लगाए। पार्टीभित्र गुटबन्दीले कांग्रेस पराजित हुने वातावरण सिर्जना भएको र शुद्धिकरण नहुँदासम्म अनशन कायम रहने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.