|

भक्तपुर : चाँगुनारायण नगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी भएका छन्। उनले १ हजार ७१ मत प्राप्त गरेका छन् उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका राधाकृष्ण लामिछानेले ६ सय ९८ मत प्राप्त गरेका छन्।

त्यसैगरी दलित महिला सदस्यमा कांग्रेसकै मनिता नेपाली ९ सय ८९, खुला सदस्यतर्फ सहबुद्ध श्रेष्ठ ८ सय ९० र रमेश लामा ८ सय ८० मत ल्याएर विजयी भए। महिला सदस्यमा भने नेकपा एमालेकी दुर्गा लामिछाने थापाले कांग्रेसकी रामलक्ष्मी लामिछानेलाई ४ मतले पराजित गरिन्। दुर्गाले ८ सय ९० मत प्राप्त गरिन् भने रामलक्ष्मीले ८ सय ८४ मत प्राप्त गरेकी थिइन्।

यसैबीच चाँगुनारायणमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ। चाँगुनारायणको वडा नं. ७ सम्मको मतगणना सकिँदा प्रमुखमा नेकपा एमालेका सोम मिश्रले २ सय ३३ मतले अग्रता लिएका छन्। मिश्रको ६ हजार ७२ मत भएको छ भने नेपाली कांग्रेसका राजाराम खड्काले ५ हजार ८ सय ३९ मत प्राप्त गरेका छन्। त्यसैगरी राप्रपाका रवीन्द्र प्रताप शाहले ३ हजार ५ सय ९० र नेमकिपाका न्हुछेभक्त फोजूले ३ हजार २ सय १४ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा एमालेकी विना बास्तोलाले ६ हजार ४ सय ५३ मतका साथ अग्रता लिइरहेकी छन् भने कांग्रेसकी राधा (सरु) बानियाँले ६ हजार ३ सय २ मतका साथ पछ्याइरहेकी छन्। त्यस्तै राप्रपाकी युवती कार्कीले ३ हजार ८ सय २३ र नेपकिपाकी गीता काफ्लेले २ हजार ६ सय ९५ मत प्राप्त गरेकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.