|
Photo: AP

श्रीलङ्कामा भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका कारण मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको छ। बाढीकाकारण पाँच लाख व्यक्ति विस्थापित हुनु परेको र अझै कतिपय जोखिमपूर्ण अवस्थामा रहेका श्रीलंकाको विपद व्यवस्थापन निकायले जनाएको छ।

सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा करिब पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ।

श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्विपका दक्षिणी र पश्चिमी क्षेत्रहरुका समथर मैदानी भूखण्डमा गत शुक्रबार आएको बाढी र पहिरो विगतका १४ वर्ष यताको सबभन्दा ठूलो भएको बताइएको छ।

समथर भूभाग भएका तल्ला इलाका अझै पनि जलमग्न भई पूरै डुबानमा परेको सरकारी अधिकारीले जनाएका छन्।

सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाहरुको खोजीलाई निरन्तरता दिएको छ।

संयुक्त राष्ट्र संघीय विश्व स्वास्थ संगठन, विश्व बालबालिका कोष, भारत, पाकिस्तान लगायत अन्य मुलुकले बाढी पहिरो पीडितलाई खाद्यान्न, लत्ता कपडा तथा अन्य उद्धार सामाग्रीको सहयोग गरिरहेको बतायएको छ।

श्रीलङ्कामा लामो समयसम्म परेको खडेरीका कारण सुक्खा लागी कृषि उत्पादनमा अत्यन्त नकारात्मक प्रभाव पर्नुका साथै नदी खोला नाला सुकी जल विद्युतको उत्पादन र आपूर्ति अत्यन्तै न्यून रहेको थियो।

श्रीलंकामा गतवर्ष एकसयभन्दा बढीको बाढिपहिरोका कारण मृत्यु भएको  थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.