|

दमक : गणतन्त्र दिवशको अवसर पारेर जिल्ला कारागार झापाले ३० जना कैदी रिहा गरेको छ। केन्द्रबाट सिफारिस भएका ३० जनालाई जिल्ला प्रहरी कार्यालयले दिवसको अवसर पारेर रिहा गरेको हो।

 भद्रपुरमा रहेको जिल्ला कारागारका जेलर यज्ञराज निरौलाका अनुसार सामन्य प्रकृतिका घटनामा संलग्न भई कैद भुक्तान गरिरहेका ३० जनालाई रिहा गरिएको छ। जेलमुक्त भएकाहरुमा बहुविवाह, कर्तव्य ज्यान मुद्दा ,डाँका मुद्दा र सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेकाहरु रहेको उनले बताए।

गम्भीर प्रकृतिका मुद्दा बाहेकका कैदीलाई प्रत्येक वर्ष कैद माफी गरिने गरेको उनले बताए। झापामा कैदमुक्त हुनेहरुमा झापाकै विभिन्न जिल्ला र भारतकाहरु समेत रहेको निरौलाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.