|

दाङ : तीनदिन अघि श्रीमानको लाठी प्रहारबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घाइते महिलाको उपचारका क्रममा आइतबार राति ११ बजेतिर कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी लोकनाथ तिम्सिनाले बताए।

तुलसीपुर उप–महानगरपालिका वडा नं. ४ रक्षाचौर निवासी ५३ वर्षीय दिलबहादुर पुनले जेठ ११ गते साँझ आफ्नी श्रीमती ४३ वर्षीया गोमा पुनलाई लाठीले हानेर गम्भीर घाइते बनाएका थिए।

घाइते गोमाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार सम्भव नभएपछि सोही दिन नै कोहलपुर रेफर गरिएको थियो। घाइते गोमाको उपचारका क्रममा मृत्यु भएको इप्रका प्रमुख तिम्सिनाले जानकारी दिए। प्रहरीले दिलबहादुर पुनलाई नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.