|

गुल्मी : गणतन्त्र दिवसको अवसर पारेर जिल्ला कारागार गुल्मीबाट ५ जना कैदीले आममाफी पाएर रिहा भएका छन्। केन्द्रबाट सिफारिस भएका ५ जनालाई दिवसको अवसर पारेर रिहा गरिएको हो। जिल्ला कारगार गुल्मीमा रहेका कैदीमध्ये रिहा हुनेहरुमा ऋषिराम टण्डन, महेन्द्र घर्ती, गोपाल कुमाल, मीनबहादुर कुँवर र नरबहादुर गुरुङ रहेका छन्।

जेलमुक्त भएकाहरुमा, कर्तव्य ज्यान मुद्दा,अवैध हातहतियार, ज्यान मार्ने उद्योग मुद्दामा कैद भुक्तान गरिरहेकाहरु रिहा भएको जिल्ला कारागार गुल्मीका प्रमुख गोपालप्रसाद पाण्डेयले जानकारी दिए। गणतन्त्र दिवसको अवसरमा सरकारले प्रत्येक वर्ष असल चालचलन भएका कैदीको कैद माफी दिँदै आएको छ।

 मन्त्रिपरिषद्को सिफारिसमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिने व्यवस्था रहेको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.