|

काठमाडौं : सोमबार दिउँसो कमलादीस्थित सिडब्ल्यू पार्टी प्यालेसमा अनेरास्ववियुका विद्यार्थीहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतीक्षा गरिरहेका थिए। सन्दर्भ थियो स्थानीय तहको दोस्रो निर्वाचनका सन्दर्भमा अनेरास्ववियुले आयोजना गरेको निर्वाचन परिचालन भेला।

बिहान ११ बजे डाकिएको भेलामा ओलीका लागि भने साढे १२ बजेको समय आयोजकले दिएको थियो। तर दिउँसो २ बज्दा समेत एमाले अध्यक्ष केपी ओली कार्यक्रम स्थलमा आइपुगेनन्।  

करिब साढे २ बजे ओली कार्यक्रममा उपस्थित भए। उनी आउँदा युवाहरुले गडगडाहट तालीले स्वागत गरे। ओली उपस्थित हुँदै गर्दा एमाले महासचिव ईश्वर पोखरेलले भेलालाई सम्बोधन गरिरहेका थिए। 

ढिला गरी आइपुगे तर ओली धेरै बेर बसेनन्। यतिसम्म कि उनले सम्बोधन समेत गरेनन्। महासचिव पोखरेलले सम्बोधन सकाएलगयत्तै मोबाइलमा आएको म्यासेज हेरेर ओली कार्यक्रमस्थलबाट बाहिरिए। जाँदाजाँदै रोस्टममा गएर ओलीले भने-'म बिआइसिसी (संसद भवन) को मिटिङमा जानुपर्ने भएकोले अहिले बोल्दिन। पछि आएर बोल्छु।'

यद्यपी ओलीले गायक बैकुण्ठ महतको नयाँ गीति एल्बम 'पानी जहाज' भाग २ को भने बिमोचन गरे। गायक गायिकासँग सेल्फी खिचेर बाहिरिएका ओलीको भाषण सुन्न लालयितहरु निराश भए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.