|

गुल्मीः नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले छिमेकीको इसारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा आएको बताएका छन्। 

सोमबार गुल्मीको रुरु गाउँपालिकाको ग्वादीमा सम्पन्न चुनावी कार्यक्रममा बोल्दै नेता ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले राजनीतिमा देखिएको इमान्दारीको खडेरी मेट्न भन्दै दिएको राजीनामा छिमेकी मुलुक भारतको इसारामा आएको दाबी गरे। 

प्रचण्ड सरकार अपविपत्र गठबन्धन गरेर अघि बढेको आरोप लगाउँदै नेता ज्ञवालीले भने, ‘वर्तमान सरकारले सत्ताको निम्ति जे पनि गर्‍यो।’ सरकारमा रहेका गठबन्धनले अझै पनि चुनाव गर्न नचाहेका भन्दै उनले त्यसको प्रतिवाद एमालेले गर्ने बताए। ‘चुनाव भएरै छोड्छ’, उनले भने। 

मधेसी दलहरूलाई देखाएर सरकार आफैँ चुनाव गर्ने पक्षमा नभएको नेता ज्ञवालीलको आरोप थियो।

सरकारमा बसेर सत्ता र पैसाको खोलो बगाएर चुनाव गर्दासमेत नतिजा हात नपरेपछि प्रचण्डकै डिजाइनमा षड्यन्त्रपूर्वक भरतपुरमा मतपत्र च्यात्ने काम भएको आरोप पनि ज्ञवालीले लगाए। 

पूर्व मन्त्रीसमेत रहेका ज्ञवालीले केपी शर्मा ओलीको सरकारले राखेका योजनाहरूको विरोध गर्नेहरू अहिले आफ्नै घोषणापत्रमा राखेर एमालेकै लाइनमा उभिन बाध्य भएको बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.