|

काठमाडौं : सरकारले आगामी बर्ष २०७४/७५ का लागि १२ खर्ब  ७८ अर्ब ९९ करोड रुपैयाँको वार्षिक आय व्यय विवरण बजेट प्रस्तुत गरेको छ। उपप्रधानमन्त्री तथा  अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नयाँ कार्यक्रम नल्याउँदा पनि वजेटको आकार वृद्धि भएको बताए।

उनले चालु खर्चतर्फ ६२ प्रतिशत, पुँजीगत खर्च २६ प्रतिशत र वित्तिय व्यवस्थापनतर्फ ११ प्रतिशत वजेट विनियोजन गरेका छन्।  चालु खर्च बढी देखिए पनि चालु खर्चभित्रैबाट स्थानीय तहमा बजेट परिचालन गरिने महराले बताएका छन्। बजेटमा चालु खर्च ८ खर्ब ५ अर्ब ५३ करोड रुपैयाँ छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ ३ खर्ब ३३  अर्ब ३५ करोड रहेको छ।

त्यस्तै वित्तिय व्यवस्थापन तर्फ १ खर्ब ४० अर्ब रुपैयाँ बजेट विनयोजन गरिएको छ। चालु खर्च मध्येबाट स्थानीय तहको अनुदान तथा अन्य खर्चको लागि २ खर्ब २५ अर्ब ५ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री महराले जानकारी गराएका छन्

हेर्नुस् अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्दा र अघिपछिका फोटोहरु :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.