माओवादी केन्द्रले पाँचवटा तहमा मात्र

|

उदयपुरः उदयपुरमा ठूला भनिएका तीन दलमध्ये दुई दलले उम्मेदवारी टुंगो लगाएका छन्। जिल्लाका चार नगरपालिकामा नेपाली कांग्रेस र माअोवादी केन्द्रले प्रमुख/उपप्रमुख र चार गाउँपालिकामा अध्यक्ष/उपाध्यक्षका उम्मेदवार टुंगो लगाएका हुन्।

ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले आठवटै स्थानीय तहमा उम्मेदवारी टुंगो लगाउँदा नेकपा माओवादी केन्द्रले भने पाँच स्थानीय तहमा मात्र उम्मेदवारी टुंगो लगाएको छ। 

कांग्रेस र माओवादी केन्द्रले गाउँपालिकाका अध्यक्ष तथा सदस्यसमेत उम्मेदवारी टुंगो लगाएको छ भने एमालेले दुई दिनभित्र टुंगो लगाउने जानकारी दिएको छ।

एमालेबाट कुन तहमा कोको हुने भए उम्मेदवार?

स्थानीय तहको चुनावका लागि नेकपा एमाले १ नं. प्रदेश कमिटीले उदयपुरको नगरप्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टुंगो लगाएको छ। एमाले उदयपुरका सचिव तथा प्रचार विभाग प्रमुख परमेश्वर घिमिरेका अनुसार जिल्लाका आठवटै तहमा उसले उम्मेद्वारको टुंगो लगाएको हो।

त्रियुगा नगरपालिकामा प्रमुख पदमा बलदेव चौधरी र उपप्रमुख पदमा सृजना दनुवारको टुंगो लागेको छ। यसैगरी चौदण्डीगढी नगरपालिकामा  प्रमुखमा नरेन्द्रबहादुर राउत (कमल) र उपप्रमुखमा कान्ता राई  उम्मेदवार बनेका छन्। कटारी नगरपालिकाको प्रमुखमा ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुखमा भीमकुमारी राउत प्रमुख र उपप्रमुखका उम्मेदवार बन्नेछन्। 

यस्तै बेलका नगरपालिकाको प्रमुखमा दुर्गाकुमार थापा र उपप्रमुखमा राजकुमारी चौधरीलाई उम्मेदवार बनाउने निर्णय प्रदेश कमिटीले गरेको सचिव घिमिरेले बताए।

उदयपुरको पुरानो सदरमुकाम रहेको उदयपुरगढी गाउँपालिकामा मानबहादुर मगर अध्यक्ष र उपाध्यक्षमा सानु राउत एमालेको तर्फबाट उम्मेदवार बनेका छन्। त्यसैगरी ताप्ती गाउँपालिकाको अध्यक्षमा उद्धबसिंह थापा र उपाध्यक्षमा कमला राई, रौतामाई गाउँपालिकामा अध्यक्ष गजेन्द्र खड्का र उपाध्यक्षमा कुमारीज्यू ठकुरी उम्मेदवार बन्ने एमाले उदयपुरले जानकारी दिएको छ।

त्यसैगरी सुनकोसी गाउँपालिकामा अध्यक्षमा भलबहादुर राई र उपाध्यक्षमा लक्ष्मी कार्कीले उम्मेदवार बन्ने भएका छन्। आठवटै स्थानीय तहका ७५ वटै वडाको वडा अध्यक्ष तथा सदस्यहरूमा सर्वसम्मत भएकाबाहेक विवादित ठाउँमा उम्मेदवार छनोट गर्न बाँकी रहेको सचिव घिमिरेले बताए।

कांग्रेसबाट कुन तहमा कोको हुने भए उम्मेदवार?

आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस उदयपुरले आठवटै तहबाट उम्मेदवारी टुंगो लगाएको छ। कांग्रेस उदयपुरका प्रचार प्रसार विभागका प्रमुख मदनराज कटुवालका अनुसार गाउँपालिकाको उम्मेदवार जिल्लाबाटै टुंगो लागेको हो भने चार नगरपालिकाका उम्मेदवारको टुंगो केन्द्रबाट भएको हो।

त्रियुगा नगरपालिकामा बसन्त बस्नेत प्रमुख, उपप्रमुखमा देवीकुमारी चौधरी उम्मेदवार बनेका छन। यसैगरी चौदण्डीगढी नगपालिकामा खगेन्द्र राई प्रमुखका उम्मेदवार बन्नेछन् भने बेलका नगरपालिकामा प्रमुख अशोक कार्की र उपप्रमुखमा दीपा राई छन्। चौदण्डीमा उपप्रमुखको नाम भने प्राप्त भएको छैन। 

यसैगरी कटारी नगरपालिकामा ज्ञानेन्द्रमासिंह राउत प्रमुख तथा उपमा सरस्वती ढुङगाना उम्मेदवार बनेको कटुवालले जानकारी दिए।

जिल्लाबाटै टुंगो लागेका चार गाउँपालिकामा सुनकोसी गाउँपालिकामा अध्यक्ष पुष्पलाल राई, उपाध्यक्षमा रमिला राई उम्म्दवार बन्नेछन्। यसैगरी ताप्ली गाँउपालिकामा अध्यक्ष डिकबहादुरज्यु ठकुरी, उपाध्यक्ष धनमाया मगर उम्मेदवार बन्नेछन्। 

रौतामाई गाउँपालिकामा भुपेन्द्रबहादुर थापा अध्यक्ष र धनमाया थापा मगर उपाध्यक्षका उम्मेदवारमा सर्वसम्मत भएका थिए।

उदयपुरगढी गाउँपालिमा जीतबहादुर खड्का अध्यक्ष र उपाध्यक्षमा बीमा राई कांग्रेसको तर्फबाट उम्मेदवार बन्नेछन्। 

‘पार्टीको जिल्ला संयन्त्रको बैठकले जिल्लाका जम्मा आठवटा स्थानीय तहका ७५ वटै वडाको वडाध्यक्ष तथा खुला सदस्य, महिला सदस्य सबैको नाम टुंगो लगाएका छौँ’, कटुवालले भने, ‘नाम धेरै लामो छ।’

माओवादी केन्द्रको पाँच तहमा टुंगियो, तीन तहमा विवाद

नेकपा माओवादी केन्द्र उदयपुरले पाँचवटा स्थानीय तहमा प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंग्याएको छ। आठवटा स्थानीय तहमध्ये दुई नगरपालिका र तीन गाउँपालिकाको उम्मेदवारी माओवादीले टुंग्याएको हो। 

माओवादी केन्द्रका अनुसार ताप्ली गाउँपालिका अध्यक्षमा ढुंगराज विकको नाममा सहमति भएको छ भने उपाध्यक्षमा टुंगिएको छैन। 

यसैगरी सुनकोसी गाउँपालिकामा मेजर राई मिजास अध्यक्षमा तथा उपाध्यक्षमा सुना राई उठ्नेछन्। उदयपुरगढी गाउँपालिकामा देव गिरी अध्यक्ष तथा उपाध्यक्षमा निर्मला मगर उम्मेदवार बन्नेछन्। यसैगरी दुई नगरपालिकामध्ये बेलका नगरपालिकामा प्रमुखमा रमण भट्टराई, उपप्रमुखमा गंगासरी राई सर्वसम्मत उम्मेदवार बन्ने भएका छन् भने कटारी नगरपालिकामा प्रमुखमा केपी बराल तथा उपप्रमुखमा मीना कोइराला उम्मेदवार बन्नेछन्। 

जिल्लाको सदरमुकाम रहेको त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकामा भने अझै उम्मेदवार टुंगो लागिसकेको छैन। उम्मेदवार नटुंगिएको रौतामाई गाउँपालिका पनि हो। ‘केही ठाउँमा समान्य विवाद छ’, जिल्ला संयोजक विनोद कटुवाल दिवशले भने, ‘त्यहाँ पनि केही दिनभित्रै टुंगो लाग्नेछ।’

प्रमुखका लागि चौदण्डी नगरपालिकामा राजन किराती वासु र सन्तोष सुवेदी बलिदानले दाबी गरिरहेका छन् भने रौतामाई गाउँपालिकामा जीवनकुमार कार्की कुशल, ईश्वर राना र वीरेन्द्र मगर उम्मेदवारीका लागि सिफारिस भएका छन्। 

यता त्रियुगा नगरपालिकाबाट किरण राई, मीनबहादुरज्यु ठकुरी, नारायण बुर्जा, पदम दाहाललगायतको नाम सिफारिस भएकाले उम्मेदवारी टुंगो लाग्न सकेको छैन।

नेकपा माओवादी केन्द्रले उदयपुरका आठ स्थानीय तहका अधिकांस वडाको वडा अध्यक्ष तथा सदस्यहरूको उम्मेदवारी टुंगिएको जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.