|

​काठमाडौं :  सरकारले आगामी तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने लक्ष्यसहित राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई तीव्रता दिने योजना अगाडि सारेको छ।  आगामी आर्थिक वर्ष २०७४/७५ का लागि स्वास्थ्य क्षेत्रमा ३१ अर्ब ७८ करोड रुपियाँ विनियोजन गरिएको छ।  सङ्घीय संरचनाअनुसार तर्जुमा गरिएको बजेट कार्यक्रममा जिल्ला स्वास्थ्यले गर्ने सम्पूर्ण कार्य अब स्थानीय निकायले गर्नुपर्ने व्यवस्था गरिएको छ। 

मातृशिशु, औलोरोग नियन्त्रण, पोषण, अस्पतालको सेवा, टेलिमेडिसिन कार्यक्रम, परिवार स्वास्थ्य कार्यक्रम, औषधि, भ्याक्सिन लगायतका सम्पूर्ण काम अब स्थानीय निकायले नै गर्नुपर्नेछ।   स्वास्थ्य चौकी, आयुर्वेद औषधालयको सञ्चालन खर्च र कार्यरत कर्मचारीहरूको तलबभत्तालगायत स्थानीय तहमार्फत गर्नुपर्ने हुन्छ।  
यसैगरी स्वास्थ्यमा आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तहसम्म पुर्‍याइने भएको छ।  स्वास्थ्यलाई मौलिक हकका रूपमा स्थापित गर्दै आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने व्यवस्था गर्नुका साथै स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिई प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्ने व्यवस्था बजेटले गरेको छ।  
सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्नुका साथै प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारका सम्बन्धमा जानकारी पाउने तथा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको व्यवस्था गरेको छ। 

 नेपाललाई सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रको सूचीबाट मध्यम आयस्तर भएका विकासशील मुलुकको सूचीमा पु¥याउने सरकारको सोचलाई साकार गर्न स्वास्थ्य क्षेत्रको सेवालाई पनि मुख्य आधारशीलाका रूपमा लिइएको छ।  
यसैगरी दिगो विकास लक्ष्यअनुरूप सबै उमेर समूहको स्वस्थ जीवन र स्वास्थ्य प्रवद्र्धनको सुनिश्चितताका लागि बहुपक्षीय सहकार्यलाई प्रोत्साहन गरिएको छ।  सरकारले सङ्घीयता कार्यान्वयनमा स्वास्थ्य क्षेत्रको पुनःसंरचनालाई विशेष जोड दिएको छ। 

यसका निम्ति एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजनामार्फत सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाको संरचना तथा जनशक्तिलाई क्रमशः पूर्णता दिइने सरकारले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ।   
स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच विस्तार गर्न सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम देशभरि विस्तार गरिनुका साथै नसर्ने रोगको प्रकोप नियन्त्रणमा जोड दिइएको छ।  
यसैगरी मेरो वर्ष २०७४ म स्वस्थ, मेरो देश स्वस्थ अभियान सञ्चालन गरिनुका साथै सबैलाई म मेरो स्वास्थ्यप्रति जिम्मेवार रहन्छु भन्ने भावना विकास गरिने योजना ल्याइएको छ।  विदेशमा गई उपचार गराउने प्रवृत्तिलाई निरुत्साहित गर्न वीर अस्पताललाई सर्वोत्कृष्ट प्रेषण केन्द्रका रूपमा विकास गर्ने गरी संरचना निर्माण गरिने उल्लेख गरिएको छ।  प्रत्येक प्रदेशमा कम्तीमा एउटा अस्पताललाई सङ्घीय संरचनाअनुरूप अस्पतालहरूको भौतिक संरचना स्रोतसाधन सम्पन्न बनाई विभिन्न विशेषज्ञ सेवाहरू विस्तार गरिने 
बताइएको छ। 
नागरिकको स्वास्थ्य उपचार सेवा भरपर्दो तथा सर्वसुलभ बनाउन स्वास्थ्य बिमा कार्यक्रमलाई देशव्यापी विस्तार गर्ने उद्देश्य सरकारले लिएको छ।  सरकारी शिक्षण संस्थाहरूमा एमडी एमएसको निःशुल्क शिक्षालाई निरन्तरता दिँदै मेडिकल कलेजसँगको समन्वयमा दुर्गम तथा पहुँच नभएको स्थानमा समेत स्वास्थ्य सेवा विस्तार गरिने कार्यक्रममा उल्लेख गरिएको छ।  
यसैगरी सर्ने तथा नसर्ने रोगको रोकथाम, उपचार तथा नियन्त्रणका लागि प्रभावकारी क्रियाकलापहरू सञ्चालन गरिनुका साथै सिकलसेललगायत विभिन्न लक्षित रोगहरूको रोकथाम, निदान र उपचारमा प्रभावकारिता ल्याइने कार्यक्रममा उल्लेख छ। बढ्दो मानसिक समस्या न्यूनीकरण गर्न प्रवद्र्धनात्मक कार्यक्रम र मानसिक रोग उपचारका लागि गैरसरकारी सङ्घसंस्थाहरूको साझेदारीमा स्याहार केन्द्रहरू सञ्चालन गरिने 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.