|

काठमाडौं : आउँदो साउन एक गतेदेखि भर्ना हुने सबै सरकारी कर्मचारीहरुले पेन्सन लिनका लागि सञ्चय कोषम रकम जम्मा गरेजस्तै भिन्नै रकम कट्टा गरेर जम्मा गर्नुपर्ने भएको छ। चालु आर्थिक वर्ष ०७३/०७४ को असार मसान्तसम्म नियुक्ति लिने कर्मचारीहरुले भने नियमअनुसार नै पेन्सन पाउनेछन्। अहिले सरकारले सञ्चित कोषबाट कर्मचारीहरुलाई पेन्सन दिँदै आएको छ।

पेन्सनमा राज्यमकोषको ठूलो भार परेका कारण विकास निर्माणका काम नै अवरुद्ध हुन सक्ने सम्भावना देखेर अर्थमन्त्री कृष्ण्बहादुर महराले सोमबार सार्वसनिक गरेको बजेटमा योगदानका आधारित पेन्सन प्रणाली लागू गर्ने घोषणा गरेका हुन्।

उक्त व्यवस्थाअनुुसार कर्मचारीहरुले तलबको केही अंश काटेर सोहीअनुरुप राज्यले थप गरी पेन्सन कोषमा रकम पठाइने छ। यो प्रणालीको पेन्सनमा अहिले कर्मचारी सञ्चयकोषमा रकम काटेर जम्मा गरेको जस्तै हुन्छ। योगदानमा आधारित पेन्सन प्रणालीका लागि संसद्को यसै अधिवेशनबाट आवश्यक कानुन पास गर्ने तयारी सरकारले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Desh rw janta ko sewa garera aafno umer bethit garnu parxa nepali senale tesai mathi jel jivan desh ko niyem kanun tw xandai xa tesai mathi army kanunma bandheyera bassne sena le ulltai aafnai talab katerw penson linu parne niyeam le marnu na banchnu ko paryo