|

  • मणिकुमार श्रेष्ठ-

सुनसरी : नेपाली कांग्रेस सनुसरीले चार वटा गाउँपालिकाको प्रमुख तथा उप–प्रमुखको टुंगो लगाएको छ। लामो समयको छलफल पनि नेपाली कांग्रेसले मधेशी समुदायको वाहुल्यता रहेको चार गाउँपालिकाको प्रमुख उप-प्रमुखका उम्मेदवारहरुको टुंगो लगाएको हो। जस अन्तरगत गढी गाउँपालिकाको प्रमुखमा श्रीप्रसाद यादव र उप–प्रमुखमा राजकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ।

यसैगरी देवानजञ्ज गाउँपालिकाको प्रमुखमा लालीप्रसाद मेहता र उप–प्रमुखमा सुनितादेवी यादव, हरीनगरा गाउँपालिकाको प्रमुखमा गफार अन्सारी र उप–प्रमुखमा रिमझिम भगत रहेका छन्। भने बर्जु गाउँपालिकाको प्रमुखमा इस्रायल अन्सारीलाई उम्मेदवार बनाउने भएको छ।

 उप–प्रमुखको उम्मेदवारको बारेमा छलफल भईरहेको नेपाली कांग्रेस सुनसरीका जिल्ला सचिव सुजेन्द्र तामाङले थाहाखबरलाई बताए। उनका अनुसार कोशी गाउँपालिका र भोक्राहा गाउँपालिकाको प्रमुख उप–प्रमुखको उम्मेदवारहरु छनोट गर्नका लागि आवश्यक छलफल भइरहेको छ।

यसैगरी नेपाली कांग्रेस केन्द्रीय कमिटिले टुंगो लगाउने बताएको सुनसरीको चार नगरपालिकामा पनि आकांक्षीको संख्या धेरै भएको हुदा प्रमुख तथा उप–प्रमुखको छनोट गर्न सकेको छैन्। कांग्रेसबाट चार नगरपालिका मध्ये इनरुवाको प्रमुखमा केदार भण्डारी र राजन मेहता मध्ये एकजना हुने सुनसरी कांग्रेसले बताइएको छ।

यसैगरी बराह नगरपालिकामा बाबुराम बिष्ट र सुरेन्द्र मेहताको नाम अगाडी आएको छ। दुहवी नगरपालिकामा गौरी शंकर रौनियार, अव्दुल मियाँ र सत्यनारायण गच्छेदारको नाम अगाडी आएको छ। यसैगरी रामधुनी नगरपालिकामा उपेन्द्र्र कट्वाल, जयप्रकाश चौधरी,  सुदिप अन्सरीको नाम चर्चामा आएको छ।

दुई उपमहानगरमा हेमकर्ण र किशोरको सम्भावना

सुनसरीको राजनीतिक केन्द्रको रुपमा रहेको इटहरी उप–महानगरपालिका र धरान उप–महानगरपालिकामा कांग्रेसबाट हेमकर्ण पौडेल र किशोर राईको नाम वढि चर्चामा आएको छ। इटहरी उप–महानगरको मेयरमा अन्यको दावी रहेतापनि जिल्ला पाटीले हेमकर्ण पौडेल र रोहीत प्रसाईको नाम केन्द्रीय कमिटीमा पठाएको छ। पौडेल कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन्।

यता धरान उप–महानगरपालिकाको प्रमुखको लागि किशोर राई र तिलक राईको नाम केन्दीय कमिटिमा पठाइएको छ। केन्द्रीय कमिटिमा पठाईको नाम तिलक राई पार्टीको धरान उप–महानगरपालिका समितिका सभापति हुन्। एन्फाको केन्द्रीय उपाध्यक्ष समेत रहेका किशोर राई पार्टी अध्यक्ष शेरबहादुर देउवाका विश्वास पात्र हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.