|

दमक : नेकपा माओवादी केन्द्रले झापाको बुद्धशान्ति गाउँपालिकाका लागि अध्यक्ष र उपाध्यक्षसहित सात वटै वडाको उम्मेदवारी घोषणा गरेको छ। बुधबारेमा सोमबार एक कार्यक्रमको आयोजना गरी माओवादी केन्द्रले अध्यक्षमा खड्गबहादुर तिम्सिना र उपाध्यक्षमा अस्मितकला लिम्बूको नाम सार्वजनिक गरेको हो।

त्यस्तै बुद्धशान्ती गाउँपालिकाको १ नम्बर वडा अध्यक्षमा पूर्णप्रसाद सञ्जेल, २ नम्बर वडा अध्यक्षमा दिवामाया अधिकारी सापकोटा, ३ नम्बर वडा अध्यक्षमा डिल्लीराम श्रेष्ठ, ४ नम्बर वडा अध्यक्षमा नारायण ढुंगाना, ५ नम्बर वडा अध्यक्ष बिक्रम खालिङ, ६ नम्बर वडा अध्यक्षमा प्रदिप खतिवडा र ७ नम्बर वडा अध्यक्षमा मात्रिका पौडेलले उम्मेद्वारी दिएका छन्।

प्रत्येक वडामा खुल्ला सदस्य, दलित सदस्य, महिला सदस्य समेतले माओवादी केन्द्र बुद्धशान्ति गाउँपालिकाको उम्मेदवारी सार्वजनिक गरिएको छ। कार्यक्रममा पार्टीका जिल्ला संयोजक बिजय साम्पाङले उम्मेद्वारको नामावली बाचन गरे।

बुद्धशान्ति गाउँपालिका निर्वाचन परिचालन कमिटीका संयोजक बोधराज दाहालको अध्यक्षतामा भएको उम्मेद्वारी घोषणा कार्यक्रममा प्रमुख अतिथि पार्टीका पोलिटब्यूरो सदस्य धर्मशिला चापागाई, केन्द्रिय सदस्य ज्योतिसिंह दर्लामी, जिल्ला इन्चार्ज झलकसिंह दर्लामीले उम्मेद्वारहरुलाई बधाई तथा शुभकामना दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.