|

भक्तपुर: चाँगुनारायण नगरपालिकामा जारी मतगणनामा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार सोम मिश्रले सात हजार ४६४ मतसहित अग्रता लिएका छन्। उनलाई पछ्याउँदै छन्,  छ हजार ३९७ मतसहित कांग्रेसका उम्मेदवार, राजाराम खड्का।  

राप्रपाका  रवीन्द्रप्रताप शाहले चार हजार ९८१ मत पाएका छन्। नेमकिपाका न्हुछे फोजूले तीन हजार ४८९ मत ल्याएका छन्।

उपप्रमुखमा एमालेकै विना बास्तोलाले सात हजार ८३६ मत प्राप्त गरेकी छिन् भने कांग्रेसकी सरु बाँनियाले छ हजार ९६५ मत ल्याएकी छिन्। राप्रपाकी उम्मेदवार यवती कार्कीले चार हजार ३२७ मत ल्याएर पाएकी छिन्। तीन हजार १५ मत प्राप्त गरी नेमकिपाका तर्फबाट रीता काफ्लेले प्रतिस्पर्धामा रहेकी छिन् । 

अन्तिम वडाका रूपमा रहेको ९ नम्बर वडाको मतगणना सोमबार राति सुरु भएकाले अन्तिम परिणाम आज बिहानसम्ममा अाइसक्ने निर्वाचन अधिकृतले जानकारी दिए।

यसैबीच चाँगुनारायण नगरपालिकाका वडा नं ८ मा एमालेकोे ‘प्यानल’ विजयी भएको छ। एमालेका उम्मेदवार पराशर सापकोटाले एक हजार १९६ मत प्राप्त गरी वडाध्यक्ष विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका कुवेर खत्रीले ९३३ मत प्राप्त गरे। महिला सदस्यमा कृष्णा कार्की एक हजार ३७५, दलित महिला सदस्य भगवती परियार एक हजार ३६०, सदस्य सत्यराम तसजुले एक हजार ३६४  र नरेन्द्रबहादुर श्रेष्ठले एक हजार ३७३ मत प्राप्त गरी विजयी भए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.