प्रमुखमा पनि एमालेकै मिश्र जितनजिक

|

   भक्तपुर : चाँगुनारायण नगरपालिका-८ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार परासर सापकोटा विजयी भएका छन्। उनी १ हजार १ सय ९६ मत प्राप्त गरेर विजयी भए भने उनका निकतम प्रतिद्वन्द् राप्रपाका कुबेर खत्रीले ९ सय ३३ मत प्राप्त गरे।

सो वडामा एमालेको समूह नै विजयी भएको छ। वडाको महिला सदस्यमा एमालेकी कृष्णाप्यारी थापा कार्की १ हजार ३ सय ७५, दलित महिला सदस्यमा भगवती परियार १ हजार ३ सय ६०, खुला सदस्यतर्फ नरेन्द्र बहादुर श्रेष्ठ १ हजार ३ सय ६४ र सत्यराम सतेजु १ हजार ३ सय ७३ मत ल्याएर विजयी भए।

चाँगुनारायण नगरपालिकाको १ देखि ८ नं वडा सम्मको मत परिणाम आउँदा नगर प्रमुखमा नेकपा एमालेका सोमप्रसाद मिश्र र उपप्रमुखमा एमालेकै विना बास्तोलाको जित सुनिश्चत भएको छ।  पछिल्लो मत परिणामअनुसार मिश्रले ७ हजार ४ सय ६६ र बास्तोला ७ हजार ८ सय ३६ मतसहित अग्रता लिएका छन्।

उनीहरुलाई नगरप्रमुखमा कांग्रेसका राजाराम खड्काले ६ हजार ३ सय ९७ र उपप्रमुख सरु बानियाँले ६ हजार ९ सय ९५ मतले पछ्याइरहेका छन्। चाँगुमा अहिले वडा नं. ९ को मतगणना भइरहेको छ। यहाँ एमाले र नेमकिपाबीच प्रतिस्पर्धा हुने आंकलन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.