|

लहान : महिला पुरुष सबै आ–आफ्नै लाइनमा उभिएका। प्रहरीहरु, म्यादी प्रहरी मतपत्र, मतपेटिका, मतदान स्थलको सुरक्षार्थ खटिएका, राजनीतिक दलका प्रतिनिधहरु मतदाताको नाम रुजु गर्न लहरै बसेका र निर्वाचनमा खटिएका कर्मचारीहरु रुजु भएर आएका मतदाताको नाम भिडाएर सुरक्षाका मतपत्र दिइरहेका देखिन्थे।

झलक्क हेर्दा मतदान नै भइरहेको थियो। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखरभिण्डास्थित वडा कार्यालय भवनमा सोमबार अपरान्ह आयोजित नमुना मतदान कार्यक्रममा पोखरभिण्डा गाउँका ६० जना महिला पुरुषले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय सिरहाका सूचना अधिकारी उत्तम भट्टराईले बताए।

‘दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनमा बदर मत प्रतिशत घटाउन र मतदातालाई मतपत्रको नमुना देखाएर कसरी मतदान गर्ने भन्ने बुझाउन नमुना मतदान गरिएको हो’ सूचना अधिकृत भट्टराईले भने। मतदानपछि निर्वाचन कार्यालयकै प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा मतगणना गर्दा पाँच वटा मतपत्र बदर भएको पाइएको निर्वाचन कार्यालयका दिलिप यादवले जानकारी दिए।

सिरहाका १७ स्थानीय तहमध्ये दुई ठाउँमा नमुना मतदान गर्ने योजना रहेको यादवले उल्लेख गरे। पोखरभिण्डामा पहिलो नमूना मतदानपछि सिरहा जिल्ला सदरमुकाममा ज्येष्ठ नागरिकहरुसँग अन्तक्र्रियासहित अर्को नमूना मतदान गरिने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख इन्दिरा यादवले जानकारी दिइन्। ‘नमूना मतदान बाहेक बदर मत प्रतिशत घटाउन जिल्लाभरिका चार सय २६ मतदान केन्द्रका लागि त्यति नै संख्यामा मतदाता शिक्षा कार्यकर्ता परिचालन गरी मतदाताहरुलाई बुझाइरहेका छौं’ प्रमुख यादवले भनिन्। 

स्थानीय तहको पुनःसंरचना अन्तर्गत सिरहामा ७ नगरपालिका र १० गाउँपालिका छन्। २०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भईसकेका र फोटोसहितको मतदाता नामावलीमा नाम रहेका मतदाताको संख्या तीन लाख ३१ हजार पाँच सय ९६ रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

सिरहाको सात नगरपालिका र १० गाउँपालिकामा रहेका एक सय ५८ वटा वडाहरुबाट कम्तिमा तीन सय १६ महिलासहित आठ सय २४ जनप्रतिनिधि चुनिदै छन्। जिल्लाभरी चार सय २६ वटा मदतान केन्द्र, दुई सय १९ मतदानस्थल तोकिएको छ। 

बाँकी हेर्नुस् फोटोमा :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.