|

पर्वत : म्याग्दीका विभिन्न गाउँहरुलाई जोड्ने ९ ओटा झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। जिल्ला समन्वय समितिले ५ करोड १२ लाखको लगानीमा धौलागिरि गाउँपालिकामा २, रघुगंगा गाउँपालिकामा ३, मालिका, अन्नपूर्ण, मंगला गाउँपालिका र बेनी नगरपालिकामा एक–एक ओटा झोलुङ्गे पुल निर्माण भइरहेको जिल्ला समन्वय समितिका सवइन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए।

निर्माणका क्रममा रहेका ती पुलहरुबाट दरवाङ, देविस्थान, मुदी, मुना, कुईनेमंगले, नारच्याङ, चिमखोला, बेनी नगरपालिका लगायत आसपासका क्षेत्रका गरी कुल ३० हजार ७ सय ७३ बासिन्दा लाभान्वित हुने जिल्ला समन्वय समितिले जनाएको छ। निर्माणधिन अवस्थामा रहेका ८ ओटा पुल लठ्ठा र एउटा पुल फलामको प्रयोग गरी निर्माण भइरहेका छन्।

पुल निर्माणका लागि झोलुङ्गे पुल सहयोग इकाई (टि.बी.एस.यू), विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) ले समेत आर्थिक तथा प्राविधिक सहयोग गरेको छ। पुल निर्माणका लागि उपभोक्ताको दुई र प्रभावित क्षेत्रका साविक गाविसको कार्यालयले चार प्रतिशत लगानी गरेको छ। म्याग्दी जिल्लाभर कुल १ सय ८६ ओटा झोलुङ्गे पुल छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.