|

गुल्मी : दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले जिल्लास्थित नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारहरूको टुंगो लगाएको छ। तम्घासमा सोमबार बसेको बैठकले उम्मेदवारको टुंगो लगाएको पार्टीका जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए। 

रेसुंगा नगरपालिकाको प्रमुखमा भुवन प्रसाद श्रेष्ठ, उपप्रमुखमा अमृता कुँवर र मुसिकोट नगरपालिका प्रमुखमा कृष्णहरि सापकोटा र उपप्रमुखमा विष्णुकुमारी सापकोटाको नाम सर्वसम्मत भएको छ। 

कालीगण्डकी गाउँपालिका प्रमुखमा वेद मगर र उपप्रमुखमा कमला पाण्डे, सत्यवती गाउँपालिका प्रमुखमा पारीश्वर ढकाल, चन्द्रकोट गाउँपालिका प्रमुखमा दोर्णबहादुर खत्री र उपप्रमुखमा भगवती अर्याल उठ्ने भएका छन्। यस्तै रुरु गाउँपालिका उपप्रमुखमा देवेन्द्र मल्ल, छत्रकोट गाउँपालिका प्रमुखमा अनन्तराम पौडेल, गुल्मी दरबार गाउँपालिका प्रमुखमा अशोककुमार थापा र उपप्रमुखमा मीना भण्डारी छनाेट भएका छन्।

इश्मा गाउँपालिका प्रमुखमा चन्द्रबहादुर महत, मदाने गाउँपालिका प्रमुखमा महेन्द्र कुँवर र उपप्रमुखमा सुशीला भुसाल, मालिका गाउँपालिका प्रमुखमा ज्ञानबहादुर कार्की र उपप्रमुखमा सीता अर्याल र धुर्कोट गाउँपालिका प्रमुखमा महेन्द्रप्रसाद भण्डारीको उम्मेदवारी पर्ने भएको छ। 

अन्य दलहरुसँग तालमेलका लागि छलफल शुरु गरेका कारण रुरु गाउँपालिकामा प्रमुख, सत्यवतीमा उपप्रमुख, छत्रकोटमा उपप्रमुख, इश्मामा उपप्रमुख र धुर्कोटमा उपप्रमुखको टुंगो लागेकाे छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.