|

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुख-उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मंगलबार बिहान सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार प्रमुखमा नेकपा एमालेका सोम मिश्र र उपप्रमुखमा पनि एमालेकै विना बास्तोला निर्वाचित भएका हुन्।

मिश्रले ८ हजार ५ सय १२ मत पाएरका छन् भने उनको निकतम प्रतिद्द्वन्द्वी नेपाली कांग्रेसका राजाराम खड्काले ६ हजार ८ सय ६९ प्राप्त गरे। त्यसैगरी उपप्रमुखमा पनि एमालेकै विना बास्तोला ८ हजार ७ सय ७९ मत ल्याएर निर्वाचित भइन्। उनको निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी राधा (सरु) बानियाँले ७ हजार ४ सय ७६ मत प्राप्त गरेकी छन्।

यसैबीच, चाँगुनारायण नगरपालिकामा एमालेले बहुमत सिट विजय हासिल गरेको छ। ९ वटा वडा भएको चाँगुनारायणको प्रमुख र उपप्रमुखसहित ४७ सिटमा एमालेले २४ सिटमा जित हासिल गरेर बहुमत पुर्‍याएको  । एमालेले चाँगुनारायणको वडा नं. ३, ४, ६ र ८ वडाबाट २०, वडा नं. २ र ७ मा एक एक र नगरप्रमुख र उपप्रमुखसहित २४ जना विजय भएको हो। चाँगुनारायणमा कांग्रेसले ४ वडा अध्यक्षसहित १८ र नेमकिपाले एक वडा अध्यक्षसहित ५ सिटमा जित हासिल गरेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.