|

दाङ : दाङका विभिन्न तहमा निर्वाचन कार्यालयले निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याएको छ। दोस्रो चरणको निर्वाचनलाई दृष्टिगत गर्दै सोमबार तुलसीपुर उपमहानगरपालिकामा निर्वाचन कार्यालयको दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले उद्घाटन गरेका हुन्। उनले निर्वाचनलाई भयरहित,शान्तिपूर्ण, विश्वसनीय र मर्यादित बनाउन मुख्य गरी राजनीतिक दलहरुको भूमिकामा भरपर्ने बताए।

चुनावका लागि जारी गरिएको निर्वाचन आचारसंहितालाई सबैले कार्यान्वयन गर्न सके निर्वाचन शान्तिपूर्ण,भयरहित, बिश्वसनीय र मर्यादित हुने बताए।उनले एकले अर्को पक्षलाई आचारसंहिता उल्लंघनका कुरा गर्नुभन्दा आफैंबाट त्यसलाई गम्भीरतापूर्वक लिई लागु गर्नुपर्ने बताए। उनले निर्वाचनका लागि आवश्यक पर्ने शान्ति सुरक्षाबारे जिल्लाको अवस्थाको बिश्लेषण गर्ने र सोही अनुरुप सुरक्षा रणनीति बनाउने काम भई रहेको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.